QR कोडसम्बन्धी प्रकाशित समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालयले गम्भीर ध्यानाकर्षण

Logo
हाम्रो पालिका खबर शुक्रबार, आषाढ २७, २०८२

 

विराटनगर, अ । केही सञ्चार माध्यमहरूमा QR कोडसम्बन्धी प्रकाशित समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयका अनुसार समाचारमा उठाइएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण र सत्यतथ्यको आधारविना प्रकाशित भएका छन्। यस्ता समाचारले मन्त्रीज्यूको कार्यशैली, व्यक्तिगत छवि र राजनीतिक मर्यादामा नकारात्मक असर पार्ने सम्भावना रहेको भन्दै सचिवालयले स्पष्टिकरण दिएको हो।

सचिवालयले मन्त्रीज्यूले कुनै अनाधिकृत लाभ लिने वा QR कोडमार्फत रकम संकलन गर्नेजस्ता गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ। कर्मचारी सरुवासम्बन्धी प्रक्रिया पनि कानुनी र प्रशासनिक नियमअनुसार अगाडि बढाइएको जानकारी दिएको छ।

साथै, मन्त्री मण्डल सधैं पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकता दिँदै आएको र उहाँको कार्यशैली संवैधानिक मर्यादाभित्र सीमित रहेको सचिवालयको भनाइ छ।

सचिवालयले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितामा आवश्यक पर्ने सत्य जानकारी संकलन, पुष्टि र सम्बन्धित पक्षको धारणा लिई मात्र समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेको छ।

अन्त्यमा, सचिवालयले मन्त्रीले उपयुक्त समयमा सम्मानित प्रदेशसभा समक्ष आफ्ना धारणा सार्वजनिक रूपमा राख्ने बताएका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]