५१ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न

Logo
हाम्रो पालिका खबर बिहिबार, पुष १०, २०८२

 

इनरुवा । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिएको छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी छन् । त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका तर यस समारोहमा १६ हजार ३८० जना विद्यार्थीले मात्रै सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ।
यसैबिच त्रिभुवन विश्वविद्यालयको ५१ औं दिक्षान्त समारोहमा एतिहासिक रुपमा काठमाडौंमा दिक्षित हुनु भएकोमा सुनसरीको इनरुवा नगरपालिका १० जल्पापुरको श्री आधारभूत विधालयका प्रधानाध्यापक देव कृष्ण यादव, भोक्राहा नर्सिङको आधारभूत विधालयमा प्रधानाध्यापक रहनुभएका सबिर आलमलाई सामुदायिक विधालय व्यवस्थापन समिति महासंघको सुनसरी सचिव जयकृष्ण यादवले हार्दिक बधाई दिनु भएको छ।

उहाँले सबै दिक्षित हुनुभएकाहरुमा बधाइ सहित थप सफलताको शिखरमा पाइला पुगोस् शुभकामना दिनुभयो। यादवले यो स्नातकोत्तर तहसम्म सफलताको शिखरमा पुर्याउनको लागि प्रमुख भुमिकामा रहनु भएको सबैका बुवा आमा र आफन्तहरू तथा प्रध्यापकहरुमा धन्यवाद सहित बधाई तथा शुभकामना दिनु भयो।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]