बराहक्षेत्रका कृषकहरु मेवा खेती तर्फ आकर्षित

Logo
हाम्रो पालिका खबर आइतबार, मंसिर २९, २०८२

 

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाका कृषि पेसामा आधारित किसानहरु व्यवसायीक मेवा खेती तर्फ आकर्षित भएको छन् । विगत एक बर्ष देखि स्थानीय कृषकहरु मेवा खेती तर्फ आकर्षित भएको हो।

बराहक्षेत्र नगरपालिका ६ चक्रघटिका कृषि पेसामा आधारित किसानहरु विगत एक बर्ष देखि जग्गा भाडामा लिएर मेवा खेती तर्फ आकर्षित भएको स्थानीय २४ बर्ष युवा कृषक चन्दन मेहताले जानकारी दिनु भएको छ । पहिलो बर्ष ८ कठ्ठा मा ७ सय बिरुवा लगाएर खेती सुरु गरे राम्रो आमदानी गरेको जनाएको छ । उत्पादन गरिएको मेवा स्थानीय बजारमै विक्री वितरण गर्दे आएको तथा बजारीकरण को कुनै समस्या जनाएको छ ।
युवा कृषक मेहताका अनुसार कम समयमा राम्रो आम्दानी हुने भएकोले आफू मेवा खेती तर्फ आकर्षित भएको बताए । ८ कठ्ठा मेवा बाट राम्रो आम्दानी भएपछी अब ४ बिघा मेवा खेतिका लागि विरुद्धवा तयारी अवस्थामा रहेकोे छ । भने अर्को किसान ले पनि एक बिघा मेवा खेतिको तयारीमा रहेकोे जनाएको छ । उक्त स्थानमा अन्य कृषकहरु पनि जग्गा भाडा समेत लिएर मेवा , केरा ड्रगन , तरकारी खेति साथै गाई भैंसी तथा पशुपालन तर्फ आकर्षित हुँदै गएको स्थानीय कृषक तथा समाजसेवी अर्थ बाहदुर कोइरालाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]