

इनरुवा। सुनसरी गढी गाउँपालिका क्षेत्र भित्रका किसानलाई कृषि औजार वितरण गरिएको छ ।
गढी गाउँपालिका कृषि शाखाको आर्थिक सहयोगमा गढी गाउँपालिका १ र ५ नम्वर वडाका किसानलाई कृषि औजार वितरण गरिएको गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले जानकारी दिनुभयो ।
गढी १ मधेलीमा रहेका दलन पकेट समितिलाई हाते टयाक्टर, खेती सिचाईका लागि बोरिङ्ग र पम्पी सेट लगायतका कृषि सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी मकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गढी १ मधेलीमा रहेका सकल कृषक समुहलाई समेत हाते टयाक्टर, बोरिङ्ग, पम्पी सेट लगायतका सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी गढी–५ का १६ जना किसानलाई बोरिङ्ग र पम्पी सेट वितरण गरिएको उहाँले बताउनुभयो । किसानलाई खेती गर्नका लागि सहज होस र बढी उत्पादन गर्ने उदेश्यले कृषि सामग्री वितरण गरेको उहाँले बताउनुभयो । कृषि औजार पाएपछि स्थानीय किसान खुसी भएका छन् ।