बराहक्षेत्रमा ‘लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

Logo
सुरेन्द्र कुशवाहा बिहिबार, आषाढ ०५, २०८२

 

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङको संयाेजनमा लागूऔषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ ।
लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नारा सहित बिध्यार्थी लक्षित कार्यक्रम अन्तर्गत जम्मा ४५ जना बिद्यार्थी उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम सभाध्यक्षको रुपमा समाज सेवि रेशु तामाङ रहनु भएको थियो । भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिकाको नगर उपप्रमुख नन्द कुमारि सुनुवार रहनु भएको थियो । बिशिष्ट अतिथिको रुपमा नेकपा एमाले बराहक्षेत्र नगर अध्यक्ष सिता भण्डारी पौडेल , प्रशिक्षक एवम् इलाका प्रहरी कार्यलयका इन्चार्ज दिवस कुँवर रहनु भएको थियो । त्यसै गरि अतिथिको रुपमा स्थानिय प्रहरी प्रमुख शैक्षिक राजनैतिक बुद्दिजिबि स्थानिय समाज सेविहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम समिर चन्द्रवंशीले सन्चालन गरेका थिए ।

कार्यक्रम संयाेजक रेशु तामाङका अनुसार ” लागुऔषधले व्यक्तिको जीवनमा विभिन्न क्षेत्रमा असर पार्दछ। यसले सामाजिक, शारीरिक र मानसिक असर पार्दछ।यसले सेवनकर्ता, उसको परिवार र समाज लागुऔषधको प्रयोगको समस्या बढ्दै गइरहेको छ। यो समस्याबाट दिन प्रतिदिन झन् बढी ग्रसित हुँदै गएको छ। बराहक्षेत्र नगरपालिका मा पनि यस समस्या बढ्दाे छ यसले राष्ट्रलाई नै ठूलो क्षति पुर्‍याउँछ। त्यसैले, हामी सबै मिलेर यसको प्रभावलाई नियन्त्रण गर्न जरुरी छ।” प्रशिक्षण कार्यक्रम बिद्द्यार्थी हरुको लागि अन्तन्तै प्रभाबकारि भएको छ । एक दिने तालिम उपलब्धि मुलक भएको छ भनि सहभागी सिकारुले बताए । समाज सेवि रेशु तामाङले बिगत लामो समय देखि बिभिन्न सामाजिक कार्य गर्दै आइरहनु भएको छ । जस अन्तर्गत बालबालिक लक्षित , युवा लक्षित , बिद्यार्थी लक्षित गरि यस्ता बिभिन्न सामाजिक कार्यमा सकृय रुपमा काम गर्दै आइरहनु भएको छ । आउने दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तरता दिने र आज को कार्यक्रममा उपस्थित बिद्यार्थी , अतिथिहरु लगायत सबै जनामा सभा अध्यक्षले धन्यवाद ज्ञापन गर्नु भयो । बराहक्षेत्र १० स्थिति रहेको पिपल बोटे बचत तथा ऋण सहकारि संस्थाको सभाहल सम्पन्न भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]