सुनसरी र धनकुटा बाट लागू औषध सहित ५ जना पक्राउ

Logo
हाम्रो पालिका खबर बुधबार, आषाढ ०४, २०८२

 

विराटनगर । सुनसरी र धनकुटाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ०३ गते इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका- ८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगर सहित सप्तरी महादेवाका २२ बर्षीय मुकेश कुमार मण्डल, २८ बर्षीय सन्तोस कुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका-९ का २७ बर्षीय रोशन तिम्सिनालाई प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका-१ का २९ बर्षीय दिलिप गजमेर (विश्वकर्मा)लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभूमि गाउँपालिका- २ का १९ बर्षीय सबिन राईलाई २ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । भने पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]