सुतिरहेकै अवस्थामा २२ वर्षीय युवक मृत फेला

Logo
हाम्रो पालिका खबर बिहिबार, जेठ ३०, २०८२

 

मोरङ । मोरङमा सुतिरहेकै अवस्थामा २२ वर्षीय युवक मृत फेला
मोरङको रतुवामाई नगरपालिका–७ मा २२ वर्षीय सुदीप यादव मृत अवस्थामा फेला परेका छन्।
झापाको हल्दिबारी–२ घर भएका यादव रतुवामाई–९ का राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए।
बुधबार राति मनोज कर्मकारको घरमा रहेको बाँसको चौतारामा सुतेका यादव बिहानीपख मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएको थियो।
शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएपछि डाक्टरले मृतकको खुट्टाको तल सर्पले टोकेको जस्तो दाग देखिएको बताएका छन्। तर यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने अस्पतालले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]