चोरी भएको मोटरसाईकल र लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Logo
हाम्रो पालिका खबर मंगलबार, जेठ २१, २०८२

 

सुनसरी।सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित पश्चिम टेम्पु स्टेण्ड नजिकैबाट चोरी भएको मोटरसाईकल र लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १७ गते होटल अगाडि पार्कीङ गरी राखेको स्थानीय जित बहादुर घिमिरेको प्रदेश १- ०२-०५३ प १९६५ नम्बरको पल्सर मोटरसाईकल हराएको जानकारी प्राप्त हुनासाथ CRV बसपार्क इटहरीबाट खोजतलासमा खटिएको प्रहरी टोलीले इटहरी-१८ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न इटहरी-९ का २३ बर्षीय संगम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

चेक जाँचको क्रममा श्रेष्ठको साथबाट लागूऔषध ब्राउनसुगर २०० मिलिग्राम समेत प्रहरीले वरामद गरेको थियो । चोरीमा संलग्न श्रेष्ठको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]