

भोक्राहा । भोक्राहा नरसिंह १ अन्तर्गत रहेको शारदा मार्गमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा बर्ष १८ को मोटरसाइकल चालक किर्तानन्द मेहता र पैदल यात्री ५५ बर्षकि देवकी मेहता घाइते भएका हुन। घाइते हुने दुबै जनाको खुट्टा र टाउकोमा चोटपटक लागेपछि उपचारका लागि विराटनगर नोबेल अस्पताल लगिएका परिवारिक स्रोतले जनाएको छ । भने दुर्घटना भएको मोटरसाइकल भोक्राहा अकाहा चोकिको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।