

बराहक्षेत्र–१०, प्रकाशपुरमा जारी ‘प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२’ फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा आयोजक प्रकाशपुर भेट्रान फुटबल क्लब बिजेता भएको छ।
जनता भेट्रान फुटबल क्लब इटहरी र आयोजक प्रकाशपुर भेट्रान बीच खेल भएको थियो । उक्त खेलमा ०-२ गोल गर्दै आयोजक प्रकाशपुर भेट्रान फुटबल क्लब बराहक्षेत्र बिजेता हुदै ५० हजार १ सय ट्रफी मेडल प्रमाणपत्र हासिल गरेका छन ।
भने दोस्रो हुने जनता भेट्रान फुटबल क्लब इटहरी उप बिजेता भएर ३१ हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका हुन। खेलमा ८ वटा क्लबहरुले सहभागिता रहेका थिए ।