

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३, बिजुली अफिस अगाडिको एक निर्माणधीन घरमा बुधबार करेन्ट लाग्दा एक जनाकाे मृत्यु भएको छ । भने अर्को गम्भीर घाइते भएका हो।
मृत्यु हुनेमा बर्जु गाउँपालिका वडा नं–६ का ३५ वर्षीय नन्द कुमार चौधरी रहेका छन्। घाइते भएका श्रवण चौधरीलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
१२ जनाको मजदुर समूहले घरको माथिल्लो तल्लामा काम गरिरहेका बेला रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएको बताइएको छ।