

इनरुवा — सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित राजाबाट घाटमा नुहाउने क्रममा एक बालक वेपत्त भएको खोजी कार्य भइ रहेको छ । भोक्राहा नरसिंह गाउँपालिका–१ का अन्दाजी १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार विहान कोशी नदिमा नुहाउने क्रमा बेपता भएको हो ।

परिवारका अनुसार दिपेश साथीहरूसँग राजाबाट घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीमा डुबेर बेपत्ता भएका थिए। घटना भएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरे पनि हालसम्म फेला पार्न न सकिएको ईलाका प्रहरी कार्यालय महेन्द्र नगर चक्रघटिका प्रहरी इन्चार्ज दिवस कुवरले जानकारी दिनु भएको छ । स्थानीय प्रशासनले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।