

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ४ स्थिति रहेको बस पार्कमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयको संरचनाको पूर्वाधार विकास कार्यालय सुनसरीको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
विहिवार भौतिक पुर्वधार विकास कार्यालय सुनसरीको औपचारिक उद्घाटन सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भौतिक पुर्वधार विकास कार्यालय सुनसरीको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
भौतिक पुर्वधार विकास कार्यालय सुनसरीको औपचारिक स्थापनाबाट सुनसरी जिल्लामा सडक, पुल, भवन, खानेपानी, सिँचाइ जस्ता भौतिक पूर्वाधारका योजनाहरू प्रभावकारी, पारदर्शी र समयमै कार्यान्वयन हुने विश्वास गरिएको छ। सेवा नागरिकको पहुँचमा पुर्याउन, समन्वय सहज बनाउन र विकास कार्यलाई गतिलो बनाउका लागि कार्यालय महत्वपूर्ण उपलब्धि सावित हुने सर्वसाधारणले अपेक्षा गरेका हुन।
उक्त आयोजित कार्यक्रमा कोशी प्रदेश वन, पर्यटन तथा वातावरणमा मन्त्री सदानन्द मण्डल , कोशी प्रदेश सभा सदस्य राम प्रसाद मेहता ,हाजी इस्राईल मन्सुरी , जिल्ला समन्व्य समिती प्रमुख राजन मेहता , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र ,सुरक्षा निकायका प्रमुख,पालिका प्रमुख, उप-प्रमुखहरुका सहित विभिन्न मन्त्रालयका पदाधिकारी, स्थानीय तहका प्रतिनिधिहरू, प्राविधिक, कर्मचारी तथा सर्वसाधारणको सहभागीता रहेकोे थियो ।