

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा लागू औषधसहित एक युवक पक्राउ परेको छ ।
असार १९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई रोकी जाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो।
पक्राउ परेका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी २३ वर्षीय सिशिर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।प्रहरीले उनको मलद्वारमा च्यापी ल्याएको अवस्थामा ८.४ ग्राम (आठ ग्राम चार सय मिलिग्राम) ब्राउन सुगर बरामद गरेको हो।हाल उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।