भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजेट ६० करोड ३६ लाख ५० हजार

Logo
हाम्रो पालिका खबर बुधबार, आषाढ ११, २०८२

 

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजे ६० करोड ३६ लाख ५० हजार बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ ।
पालिकाको सभा हलमा असार ८ गते आइतबार गाउँ सभा मार्फत बजेट , निति कार्यक्रम सार्वजनिक गरिएको हो।
भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभा
अधिवेशनका अवसरमा अध्यक्ष अजमल अख्तर अजादले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उक्त कार्यक्रममा विशेषगरी शिक्षा , स्वास्थ्य कृषि ,भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ।
पालिका अध्यक्ष अजादले “ कृषि पेसामा आधारित किसानहरुलाई कृषिकरणमा थप मदतका लागि कृषि मोटर बोडिङ्ग , निशुल स्वास्थ्य विमा, सडक तथा बाटो कालोपत्र , मर्मत , महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता , पोलबती जडान लगायत गाउँ पालिका समृद्धि” भन्ने नीति, कार्यक्रमलाई निरन्तरता दिइने जानकारी बताउनु भयो।
आयोजित उक्त कार्यक्रमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस गाउँ इकाइ सभापति युवराज दाहाल , गाउँपालिका उपाध्यक्ष सुनिता उराँव प्रमुख प्रसासकिय अधिक्र,बिनोद अधिकारी , वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्म मेहता , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्र यादव , वडा नम्बर ४ का वडा अध्यक्ष हारुण अन्सारी , वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी , वडा नम्बर ६का वडा अध्यक्ष सेराजुदिन्न मन्सुरी ,वडा नम्बर ७ का वडा अध्यक्ष बोवालाल यादव , वडा नम्बर ८ का वडा अध्यक्ष उषमान मिया , वडा सदस्यहरु, कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]