अत्याधिक गर्मीकारण इनरुवाका शिक्षण संस्था ३ दिन बिदा

Logo
सुरेन्द्र कुशवाहा मंगलबार, जेठ २८, २०८२

 

इनरुवा । केही दिनयता बढेको अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै इनरुवानगरपालिकाले शिक्षण संस्थाहरू ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बुधबारदेखि ३ दिन बिदा दिइएको हो । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै शिक्षण संस्थाहरूबाट गुनासो आएपछि इनरुवा नगरपालिकाले जेष्ठ २८ गतेदेखि ३० गतेसम्म सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बर्से बिदाबाट कटौती हुने गरी बिदा दिएको इनरुवा नगर पालिकाकाले जनाए ।

केही दिनयता तापक्रम अत्यधिक बढ्न थालेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]