सुनसरी सहित लागू औषध सहित ६ जना पक्राउ

Logo
हाम्रो पालिका खबर आइतबार, जेठ २६, २०८२

 

बिराटनगर। सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा- ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र-१ बाट पक्राउ गरेको छ ।
त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका- ७ घर भई हाल फुङलिङ- ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ ।भने पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]