

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थितबाट गाँजा बोकेको पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १० गते बिहानको राती विशेष सुचनाको आधारमा प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँघुरीगढी-५ ओख्रे स्थितमा प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडीलाई संका लागी चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट प्लास्टिकको २९ वटा वोरामा ८ सय ९० किलोग्राम गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न धनकुटा साँगुरीगढी-२ का उल्लास लिम्बुलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।