मेडिकलबाट प्रतिबन्धित औषधी बिक्री, मेडिकल सञ्चालिका पोखरेल पक्राउ

Logo
हाम्रो पालिका खबर शुक्रबार, बैशाख १९, २०८२

 

  1. झापा : झापाको बाह्रदशी गाँउपालिका ५ स्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल सञ्चालिका ३९ वर्षीया वन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
    मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरू विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो ।प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित पक्राउ परेकी पोखरेलको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]