दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु

Logo
हाम्रो पालिका खबर शुक्रबार, बैशाख १९, २०८२

 

उदयपुर। उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा मे.१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । वैशाख १८ गते अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका उनिहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका-३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो । गाडी चालक दमक-९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते भएका दमक-१० का ४९ बर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक-१ का ४५ बर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ बर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ बर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ बर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]