सुनसरीको घुस्किबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ

Logo
हाम्रो पालिका खबर शुक्रबार, बैशाख १९, २०८२

 

विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हरिनगरा गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार अन्सारीलाई बिहीबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको हो ।
अन्सारीसँग स्थानीय सारिक जटको विवाद भएको थियो । विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको डीएसपी खतिवडाले बताए । उनका अनुसार २ जनाको विवाद हुँदा पेस्तोल निकालेको जानकारी प्राप्त हुनसाथ अन्सारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
अन्सारीलाई पक्राउ गर्न प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको टोली परिचालन भएको थियो । उनलाई स्थानीयको सहयोगमा कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले बताए ।
पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।उनले पेस्तोल कहाँबाट ल्याएका हुन् र २ जनाबीचको विवाद के थियो भन्ने बारेमा खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको जानकारी डीएसपी खतिवडाले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]